देश

धुर्मुस सुन्तली फाउन्डेशनलाई साउदीको १ लाख ८० हजार

शुक्रबार, ०७ साउन २०७३ गते मा प्रकाशित

Durmush Suntali

Durmush Suntaliसाउन – ७ । धुर्मुस सुन्तली फाउन्डेशनले शुरुवात गरेको ‘गिरानचौर एकीकृत वस्ती निर्माण’ परियोजनामा ऐक्यबद्धता जनाउँदै साउदी अरवको जेद्दा क्षेत्रमा रहेका नेपालीहरुले १ लाख ८० हजारभन्दा बढी सहयोग गरेका छन् । नेपाली यूवा क्लब जेद्दाले त्यहाँ रहेका नेपालीहरूबाट संकलन गरेको १ लाख ८० हजार ७ सय ६५ रूपैयाँ फाउन्डेसनकी कोषाध्यक्ष समेत रहेकी श्रीमती कुन्जना घिमिरे (सुन्तली)को बैंक खातामा ट्रान्सफर गरिएको र फउण्डेसनले आफुले रकम पाएको जानकारीसमेत आएको छ । फाउन्डेसनले विज्ञप्ति प्रकाशित गर्दै सहयोगदाताहरूलाई धन्यवाद व्यक्त गरेको छ । गत बर्ष नेपालमा गएको बिनासकारी भुकम्प पश्चात साउदी अरबको पश्चिमी क्षेत्रमा रहेका नेपाली समुदायले २४ लाख रुपैयाँ राहत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दा पनि नेपाली यूवा क्लवको सक्रिय सहभागिता थियो ।